पुरुषको कपाल झर्नुको कारण र रोकथामका उपाय

पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । कपाल झर्नु आफैँमा रोग भने होइन । यद्यपि, यसले पुरुषको व्यक्तित्वमा असर पु(याइरहेको हुन्छ । त्यसैले, कपाल झर्नु उनीहरूका लागि टाउको दुखाइ बनिरहेको छ । दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य नै मानिन्छ । तर, योभन्दा बढी कपाल एकैचोटि झरेमा भने त्यसलाई समस्याको रूपमा लिइन्छ ।

कारण

-पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशाणुगत गुण हो । यद्यपि, यो सबैमा देखिन्छ भन्ने हुँदैन ।
-पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ । जसका कारणले कपाल झर्न सुरु गर्छ । -टेस्टोस्टेरोन हर्मोन तीव्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तारै झर्न सुरु गर्छ ।
-दैनिक काम वा अन्य विभिन्न कारण अत्यधिक तनाव भएमा शरीरमा आउने हर्मोनमा गडबडी आउँछ र यसको प्रतिक्रियास्वरूप कपाल झर्न थाल्छ ।
-धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ । अनि, शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ । त्यस्तै, मद्यपान गर्ने अधिकांश पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुने हुन्छ । फलस्वरूप कपाल झर्छ ।
-अधिकांश पुरुष फरक स्टाइल दिने नाममा कपाल रंग्याउने गर्छन् । यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर झर्ने हुन्छ ।
-अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियम आदिको कमी हुन्छ र कपाल झर्ने हुन्छ ।
रोकथाम
वंशाणुगत गुण, बढ्दो उमेर, हर्मोनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाह्रै होला । तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न सकिन्छ । स्वास्थ खानेकुरा खाने, धूम्रपान र मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार