रुपन्देहीको सालझण्डीमा बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

कपिलवस्तु । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कपिलवस्तु सदरमुकाम तौलिहवाबाट काठमाडौंका लागि छुटेको लु २ ख ८३९ नम्बरकोे बस आइतबार राति दुर्घटनामा भएको हो। दुर्घटनामा ११ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बुटवल उपमहागरपालिका–११ देवीनगरका ५० वर्षीया माया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बस चालक शिव ढकाल र अन्य दुई जनाको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

घाइते सबैको मर्सिसिटी अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ। बाटो चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले प्राम्भिक अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार