मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान प्रतिबन्ध !

लखनउ । मोबाइल फोनले डेटा ह्याकिङ तथा जासुसीको खतरा बढ्ने विषयलाई मध्यनजर गर्दै भारत उत्तर प्रदेश राज्यको योगी आदित्यनाथ सरकारले मन्त्रिपरिषद् बैठकका बेला मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

शनिबार मुख्यमन्त्री योगी आदित्यनाथले यस सम्बन्धमा निर्णय गरेका हुन् । अब सबै मन्त्रीहरूले क्याबिनेट मिटिङ कक्ष बाहिरै मोबाइल फोन राख्नु पर्नेछ । यस पछि मात्रै ती मन्त्री बैठकमा सहभागी हुन सक्नेछन् ।

मोबाइल फोन राखिएपछि उनीहरूलाई सम्बन्धित काउन्टरबाट टोकन दिइने छ । मिटिङ सकिएपछि टोकन बुझाएर मन्त्रीले आफ्नो मोबाइल फिर्ता पाउनेछन् । यसअघि क्याबिनेट मिटिङमा मन्त्रीहरूलाई मोबाइल लैजान अनुमति दिइएको थियो, तर मोबाइल ‘साइलेन्ट’ वा ‘स्वीच अफ’ या ‘एरोप्लेन मोड’मा राख्नुपर्दथ्यो ।

दैनिक जागरणको रिपोर्टअनुसार, यस सम्बन्धमा मुख्य सचिव अनुप चन्द्र पाण्डेयले एउटा आदेश पत्र जारी गरेका छन् । यो आदेश पत्र उप–मुख्यमन्त्री, सबै क्याबिनेट मन्त्री, राज्य मन्त्रीहरूका निजी सचिवहरूलाई पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार