जनताले, राधिका र महेन्द्र भन्दा मलाई विश्वास गरे – तामाङ

७ मंसिर, काठमाडौं :- विवेकशील साझा पार्टीले यसपल्ट देशैभर बाट चुनाबमा कस्तो परिणाम ल्याउला भन्ने अहिले सबैको चासोको बिषय बनेको छ । सामाजिक सन्जाल देखि जताततै चर्चा रहेको विवेकशीलको नुवाकोट पनि मतदाताहरु त्यतिकै उत्सुक देखिन्छन्  । जिल्लामा संगठन र अन्य हिसाबले मजबुद रहेको बाम-गठवन्धन र कांग्रेसलाई टक्कर दिदै क्षेत्र न.१ को प्रदेश सभा ‘क’ मा यूवा व्यवसायी विमल तामाङले  उमेद्वारी दिएपछि जिल्लामा सबर्त्र चासोको विषय वनेको हो ।

तामाङ उमेद्वार रहेको क्षेत्रमा बाम-गठवन्धन बाट पूर्वकृषिराज्यमन्त्री राधिका तामाङ र काग्रेशबाट महेन्द्र बहादुर थिंग उमेद्वार छन् । दुवै जना चुनाव जित्नेमा बिस्वस्त देखिन्छन् । यता विवेकशील साझा पार्टीका तामाङ पनि आफुले चुनाब जित्नेमा कुनै सन्देहनै मान्दैनन्।

अहिले घरदैलो कार्यक्रममा व्यस्त रहेका तामाङले भने, मेरो पक्षमा राम्रो माहोल छ ।  हिजो  कृषिराज्यमन्त्री हुदाँ राधिका जी ले कृषि क्षेत्रमा के गर्नु भयो, यहाको जनताले मलाई भनेका छन्, । उनीलाई भन्दा मलाई जनताले विस्वास गरेका छन् । तामाङले भने, “म अरु भन्दा शिक्षामा पनि अगाडी छु, देश- विदेश सम्मको अनुभव छ, म संग”। मेरो अनुभवलाई अब नुवाकोटको समृद्धिमा लगाउन चाहान्छु ।

नुवाकोटको यो छेत्रमा गत स्थानीय तह निर्वाचनको परिणाम हेर्दा बाम गठबन्धन आगाडी देखिन्छ । चुनाबमा कांग्रेसले ११ हजार ६१६ र माओवादीले ९ हजार ४३७ र एमालेले ९ हजार २६७ मत गरि वामगठवन्धनले १८ हजार ७०४ मत ल्याएको थियो । यसलाई आधार मान्ने हो भने राधिका बलियो देखिन्छन । तर, स्थानीय चुनाबको परिणामलाई मात्रै आधार मान्न नसकिने जिल्लाका बुद्धिजीबीहरु बताउछन् ।  हुनत, जिल्लामा नयाशक्तिका ग्युर्मी शेर्पा, राप्रपा राष्टवादीका रामु तामाङ, राप्रपा प्रजातान्त्रिकका दामोदर थापा क्षेत्री र स्वतन्त्रवाट सुनिता थोकर पनि उमेद्वार छन् । तर कांग्रेस, बाम गठबन्धन र विवेकशील पार्टी बीच प्रतिस्पर्धा हुने स्थानीयहरुको भनाई छ ।

कस्तो छ त उमेद्वारको पृष्टभूमि :-

 

  • राधिका तमाङ

 

राधिका तामाङ सानै उमेरमा माओवादी आन्दोलनमा होमिएकी महिला नेतृ हुन् । उनी आन्दोलनको वेला नुवाकोट जिल्लाको जनसरकार प्रमुख सम्म भएकी थिइन । विवाह भएको ३७ दिनमा श्रीमान गुमाएकी तामाङ, तामाङ समुदायको पहिलो महिला कुषि राज्यमन्त्री समेत हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारको पालामा कृषिराज्यमन्त्री समेत भएकी थिइन । कुषिराज्यमन्त्री भएको वेला आफ्नो क्षेत्रमा सोचे अनुसार काम गर्न नसकेको आरोप लागे पनि उनि जिल्लामा कुनै विवादमा नपरेकी, निष्ठावान छवि भएकी नेताको रुपमा चिनिन्छिन ।

तामाङका आसन्न पदेशसभा चुनावमा कृषि, पर्यटनको एकिकृत विकास, नमुना गाउँ, कुषि गाउँ, होमस्टे, गाउँमै रोजगारी, पानी, विजुली, सडक लगायका मुख्य चुनाव ऐजेण्डा रहेका छन् ।

 

  • महेन्द्रबहादुर थिंग

 

महेन्द्र बहादुर थिंग नुवाकोट कांग्रेसका पुराना नेता हुन् । उनी नुवाकोटको कांग्रेसमा  विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । गाउमा पर्दा सहयोग गर्ने भावना भएका थिंग बेला बेलामा विवाद समेत पर्ने गरेका छन् ।  उनले जिल्लामा संचालन गरेको ठेकेदारी पेशा संकास्पद रहेको, ठेकेदारी राजनीतिमा रमाएको लगायतका आरोप थिंगलाई लाग्ने गरेको छ । अझ  उनलाई जिल्लाको राजनीति भन्दा माथि जान नसकेको आरोप समेत लाग्दै आएको छ ।

आसन्न प्रदेशसभा चुनावमा गाउँको विकास र समुद्धिको योजना थिंगका मुख्य चुनाबी एजेण्डा हुन् ।

 

  • बिमल तमाङ

 

बिमल तामाङ ६ कक्षा पढ्दा देखिनै राजनितीमा लागेका थिए ।  केही वर्ष बैदेशिक रोजगारीमा गएर आएका  तामाङको समाखुसीमा आफ्नै सुरक्षा गार्ड सम्वन्धी कम्पनी समेत छ । लेखक तथा सुरक्षा गार्डसम्वन्धी ज्ञाता तामाङ संग बिभिन्न क्षेत्रमा सफल ब्यबसाय गरेको अनुभव  छ ।

तामाङको कुसस्कृति राजनीति,  भ्रस्टाचार, लुटतन्त्र र दोहनकारी प्रवुद्धिलाई अन्त्य गरि न्याय बिकास र समृद्धि नुवाकोट बनाउने अभियान मुख्य चुनाबी एजेण्डा रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार