रवि लामिछाने द्वारा नेतृत्व गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी आज सुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ।
भने पार्टी ले चिन्ह को रुपमा गोलाकार भित्र भएको घन्टी प्राप्त गरेको छ। पार्टी दर्ता भए संगै लामिछाने ले २१ केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको विज्ञप्तिअनुसार रवि लामिछाने पार्टीका सभापति छन् डा. मुकुल ढकाल प्रवक्ता छन्।
त्यस्तै बाँकी १९ जना सदस्य छन्।
सदस्यहरूमा डोलप्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, दीपकराज बोहरा, विपिन कुमार आचार्य, महेश्वर घिमिरे, बसुमाया तामाङ, उपेन्द्र पाण्डे, इश्रा मुल्ला मिया, गणेश पराजुली, सोबिता गौतम, कुसुम महर्जन, विष्णु कुमार श्रेष्ठ, रामकृष्ण भट्टराई, डा. प्रभात अधिकारी, गीता रेग्मी, डा. राकेश यादव, प्रमिला कलुजु, रविना घिमिरे र एलिजा गुरुङ छन्।
टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।


215 पटक हेरिएको 

