
आज शुक्रबार क्यानडा दिवसको अवसरमा १५४ औं क्यानडा दिवस दरबार मार्ग स्थित होटल उड ल्याण्ड मा भब्यताका साथ सम्पन्न भएको छ ।
नेपाल क्यानडा मैत्री तथा सांस्कृतिक संघ द्वारा आयोजित कार्यक्रममा प्रमुख अथिति पूर्व मन्त्री तथा राजदूत डा. भेखबहादुर थापा थिए भने ,
अथिति वक्ताको आसनमा हिमाल विज्ञ आङकाजी शेर्पा र त्यसै गरि प्राे.डा. राजन पोखरेल काे उपस्थिति थियो ।
संघद्वारा नेपाल र क्यानडा बीचको मित्रताको सम्बन्धलाई सुमधुर बनाउने प्रयास गरेको पनि संघका उपाध्यक्ष
डा. गोपाल पोखरेल विवशले बताउनु भयो ।
संघ द्वारा बिभिन्न नेपाल तथा क्यानडा सँग सम्बन्धित कार्यक्रम हरु बिगत लामो समय देखि आयोजना गर्दै आएको पनि संघका उपाध्यक्ष ले जनाएका छन् ।
” जनस्थर मा सम्बन्ध राम्रो छ तर सरकारी स्तर अलिक खुम्चियो र खुम्चिन दिनु हुँदैन ” भने पनि प्रमुख अथिति ले कार्यक्रममा बताएका थिए ।

744 पटक हेरिएको 

