
नेपाली क्रिकेट टिमले क्यानड़ा भ्रमण क्रममा विजय सुरुवात गरेको । यो नेपालको पहिलो अभ्यास खेल थियो।
बिजय सुरुवात गर्ने क्रममा नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रन ले हरायको छ ।
नेपाल को जित लागि सबै भन्दा बढी विनोद भण्डारीले ५७ रन बनाउदै आफ्नो योगदान दिएका थिए भने बलर तर्फ
नेपालका लागि पवन सरार्फले सर्वाधिक ३ विकेट लिएका थिए।
नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भयो।
उसका लागि ओपनर रियाजखान पठानले सर्वाधिक ३६ रन बनाए। यस्तै नरेश बुढाऐरले २९ रन बनाउँदा निकोलस मनोहरले २५ र जश शाहले २० रन बनाए।
अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

248 पटक हेरिएको 

