अब घरमै बसी बसी जागिर

 

७ मंसिर, काठमाडौं :- तपाईंलाई रोजगारी चाहिएको छ ? वा तपाईंको कम्पनीलाई कर्मचारी चाहियो ?

अब पत्रपत्रिकामा पैसा तिरेर विज्ञापन छपाउने दिन सकिएका छन् । अनलाइनमै रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध भएको छ । यस्तो सुविधा उपलब्ध गराएको छ जव डेस्क नामक कम्पनीले ।

जव डेस्कले आफ्नो वेवसाइट आवर जव डेस्क डटकममा सित्तैमा असीमित आवश्यकताको सूचना पोस्ट गर्ने सुविधा उपलब्ध गराएको हो । ‘कुनै कम्पनीलाई कामदार चाहिए उसले सिधै हाम्रो साइटमा सित्तैमा विज्ञापन राख्न सक्छ, कम्पनीका निर्देशक बैकुण्ठराज आचार्यले भने, सबैतिर पैसा नतिरी विज्ञापन गर्न नपाउने अबस्थामा हामीले सित्तैमा सेवा दिन थालेका छौं ।’ कर्मचारी चाहिने कम्पनीले यस वेवसाइटबाट रोजगारी खोज्ने ब्यक्तिको बायो डाटा समेत प्राप्त गर्न सक्नेछन् ।

 

 

कम्पनीले रोजगारीको खोजीमा रहेका ब्यक्तिहरुलाई आफ्नो ब्यक्तिगत विवरण (बायोडाटा) बनाएर राख्ने सुविधा वेवसाइटमा दिएको छ । जव डेस्कले सित्तैमा इन्टर्नसिप गर्न चाहनेहरुलाई समेत अबसर उपलब्ध गराउने निर्देशक आचार्यले जानकारी दिए । यसमा अपडेट गरिएका कर्मचारी आवश्यकताका सूचना सिधै सामाजिक संजालमा सेयर गर्न सकिन्छ । कम्पनीसम्बन्धी कुनै जानकारी चाहिए वेवसाइटमा लाइभ च्याटको सुविधासमेत छ ।

 

 

जव डेस्कले बेरोजगारहरुलाई रोजगारी खोज्ने काम गर्दै आएको छ । आफूलाई कामदार चाहिने कम्पनीले पनि जवडेस्कमा सम्पर्क गर्न सक्छन् । यसरी जवडेस्कले काम खोज्ने र काम दिनेबीच पुलको काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार