८ मंसिर, काठमाडौं :- साउदी अरेवियामा रहेका नेपालीहरुले धुर्मुस-सुन्तली फाउण्डेसनलाई करिव ५१ लाख ६ हजार २ सय ६२ रूपयाँ सहयोग गरेका छन् ।
पारिवारिक समाज साउदी अरेवियाले गत साता फाउण्डेसनलाई सहयोग गर्ने उदेस्यले आयोजना गरेको कार्यक्रम लगायत बाट संकलित रकम सहयोग गरेका हुन् ।

समाजले आयोजना गरेको कार्यक्रमबाट ७२ हजार ३ सय ४७ साउदी रियाल अर्थात करिव १८ लाख ६४ हजार ४ सय २८ रुपैया संकलन भएको थियो, समाजका कोषाध्यक्ष मदन ओडारीले भने, अरु रियाद, हापुफ, दबाम,अल माराइ (अल खर्ज ), जुवेलमा रहेका नेपालीले स्वस्फुर्त ढंगले १ लाख १४ हजार ८१ साउदी रियाल सहयोग गरे ।
समाजले साउदी अरबियामा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्ने उदेस्यले मंशिर २ गते “धुर्मुस-सुन्तली साँझ” कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा भाग लिन “धुर्मुस- सुन्तली” साउदी अरेबिया पुगेका थिए ।
कार्यक्रमबाट सकंलित रकम रौतहट स्थित सन्तपुर बस्ती निर्माणमा खर्च गरिने छ, समाजका महासचिव अरुण बेलबासेले भने, ।

दोस्रो पटक समाजले आयोजना गरेको भब्य कार्यक्रममा साउदी अरेविया स्थित नेपाली राजदुत महेन्द्रप्रसाद सिंह राजपुत लगायत करिव १ हजार ५ सय भन्दा वढी नेपाली उपस्थित रहेको समाजका अध्यक्ष अमृत पौडेलले बताउनुभयो । उहाले “यो कार्यक्रमबाट हामीलाई हौसला मात्र मिलेको छैन, विदेशीलाई समेत शिक्षा मिलेको छ, पौडेलले भने, । ” अब हामी फेरि छिट्टै अर्को कार्यक्रम गर्दैछौं” ।

समाजका महासचिव अरुण वेलवासेले संचालन गर्नूभएको कार्यक्रमको अवधीभर सामाजिक संजालमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।

साउदी अरेविया नेपाली कामदारका लागि तेस्रो गन्तव्य मुलुक हो । त्यहाँ हाल करीव ३ लाख ९० हजार नेपाली कामदार कार्यरत रहेको सरकारी तथ्यांक छ ।
अन्य फोटोहरु :








2575 पटक हेरिएको 

