वैदेशिक रोजगार व्यवसायी संघको बन्ने भयो, ४ तले भबन

१३ मंसिर, काठमाडौं :- लामो समयको अन्तराल पछि वुधवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलन्यास भएको छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले भवनको शिलन्यास गर्नुभएको हो ।

करिव ३ करोड लागतमा वन्न लागेको ४ तले भवन डेढ वर्षभित्रमा सक्ने लक्ष्य लिएको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिनुभयो । उहाले चुनाबका बेला संघको भवन बनाउने प्रतिवद्धता जनाउनु भएको थियो । दान  बहादुर तामाङको पालामा संघको यो जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन ।

 

शिलन्यास कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल,  पूर्व  उपाध्यक्ष हरि पाण्डे छेत्री, वरिष्ठ बैदेशिक रोजगार व्यवसायी रघुपुरी लगायतका ब्यबसाहीहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार