काठमाडौं -३ मा नयाँ-शक्तिका उम्मेदवार उद्धव सुवेदी घरदैलोमा

१६ मंसिर, काठमाडौं :- आजभोली काठमाडौंको जोरपाटी क्षेत्रमा पुग्ने हो भने एक जना उम्मेदवार दैनिक जसो घरदैलो गरिरहेका भेटिन्छन्। उनी हुन्, त्यस क्षेत्रका नयाँ-शक्तिका उम्मेदवार उद्धव सुवेदी । हुनत, चुनावको मुखमा उम्मेदवारले घरदैलो गरेको देख्नु कुनै नौलो कुरा होइन । तर, सुवेदीको घरदैलो अलि फरक छ । उनी विहान जुरुक्क उठ्छन्, दुई/चार जना लिएर शुरु हुन्छ उनको दैनिकी । नयाँ-शक्ति पार्टीको काठमाडौं क्षेत्र न.- ३, का प्रतिनिधि सभाका उम्मेदवार सुवेदी एक हप्ता देखि यसरीनै घरदैलो गरि रहेका छन् ।

जोरपाटीका स्थायी वासिन्दा समेत रहेका सुवेदी समाजसेवी समेत हुन् । वि.स. २०४८ सालबाट निरन्तर राजनीतिमा सक्रिय सुवेदीले विभिन्न पार्टी हुदै अहिले नयाँ-शक्तिको  तर्फबाट त्यो क्षेत्रमा उम्मेदवाऱी बनेका हुन् । “एमाले, कांग्रेसलाई  सम्मान गरौ उद्धव सुवेदीलाई आँखा चिन्हमा मतदान गरौ” भन्ने नारा लिएर १० दिन देखि घरदैलोमा व्यस्त सुवेदीले आफुले चुनाव जित्नेमा बिस्वस्त रहेको समेत बताए ।

महाकाल, जोरपाटी सकेर वौद्धमा घरदैलो गरिरहेका सुवेदीले भने, मलाई धेरै जनताले  मनपराएका छन् ।

काठमाडौं क्षेत्र नं ३ मा कुष्ण राई बामगठवन्धन र अम्विका बस्नेत काग्रेशबाट उम्मेदवार बनेका छन् ।

बाम – गठवन्धन र कांग्रेसको राम्रो पकट भएको यो क्षेत्रमा आफु पनि कम नभएको सुवेदीको भनाई छ । चुनावमा जिते खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेखनिय काम गर्ने सुवेदीको दाबी थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार