पाकिस्तानमा बाढीका कारण भएको पीडाप्रति चिनियाँ विदेशमन्त्री वाङको सहानुभूति


चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शनिबार पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीलाई पाकिस्तानमा आएको बाढीका कारण भएको पीडाप्रति सहानुभूति सन्देश पठाउनुभएको छ।
आफ्नो सन्देशमा वाङले पाकिस्तानका थुप्रै भू-भागमा आएको ठूलो बाढीले पुर्याएको मानवीय एवं भौतिक क्षतिले आफू स्तब्ध भएको र पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गरेको बताउनुभएको छ।
चिनियाँ सरकार र जनता सधैं पाकिस्तानी सरकार र जनताको साथमा उभिने पनि वाङले बताउँनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार