२ पुष, काठमाडौं :- सोमवार विश्व अन्तर्राष्ट्रिय आप्रवासन दिवस । नेपालमा पनि ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार : हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस देशैभर मनाइदै छ । श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा भोलि विहान ८ वजे भृकृटीमण्डप बाट प्रभावफेरी निकाल्ने कार्यक्रम छ ।

आप्रवासन दिवसको अबसरमा नेपाल स्वास्थ्य व्यवसायी महासंघले श्रमग्राम ताहचलमा रक्तदान कार्यक्रम, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्क्रिया कार्यक्रम, त्रिभुवन विमानस्थलमा कामदारको स्वागत तथा विधाई लगायत कार्यक्रम तय भएको छ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्रा्ष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन गरिएको छ । नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

1687 पटक हेरिएको 

