
भनिन्छ शिक्षामा न कुनै धर्म न कुनै भेदभाव हुन्छ तर आज स्नातक तह दोस्रो बर्षको नेपाली विषयको परीक्षामा प्रश्नपत्रको ६ (क) मा तलको गद्यांश पढी अन्त्यमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् ? भनेर सोधिएको थियो गद्यांशमा ईसाई धर्मलाई प्रचार गरेको जस्तो देखिन्छ ।
“परमेश्वरकाे सिर्जनात्मक कल्पना पूर्णतामा काम गर्दछ र ईश्वरीय सत्यलाई सुन्दर रेखा – रङ्गरूपमा प्रकाशन गर्दछ । हामी ‘सुन्दर’ भने चेत पाउँछौ सत्यको आभास द्वारा र जहाँ सत्य छैन त्यहाँ सौन्दर्य पनि छैन । किट्स (किष्ट )ले भनेका छन् कि ”सत्य नै सौन्दर्य हो र सौन्दर्य नै सत्य हो ।”
साथै प्रश्नपत्रको एक नम्बरमा नै तलका दुबै प्रश्नको उत्तर दिनुहोस् भनिएको छ । प्रश्नपत्रको (क) मा तलको अनुच्छेदमा रेखाङ्कित शब्दको अक्षरीकरण र अक्षर संख्याङ्कन समेत गर्नुहोस् भानियता पनि अनुच्छेद नै छैन जसले गर्दा विद्यार्थीले अनिवार्य भनिएको प्रश्न छोड्न बाध्य भएका छन् । यसले त्रिविको गम्भीर गम्भीर त्रुटी लाई देखाउन्छ ।
त्रिभुवन विश्वविद्यालय (टियु) ले तयार पार्ने प्रश्नपत्रमाथि प्रत्येक वर्ष प्रश्न उठ्ने गरेको छ। कहिले गत वर्षका प्रश्नहरु हुबहु सोधेर त कहिले प्रोफेसरहरुले पढाएको सेटबाट जस्ताको त्यस्तै प्रश्नहरु राखेको भन्दै टियु आलोचित बन्दै आएको छ। प्रत्येक वर्ष प्रश्न तेर्सिए पनि टियुले त्यसको जवाफ कहिल्यै दिँदैन। भन्छ मात्रै, ‘त्रुटि छ, यस विषयमा छानबिन हुन्छ।’
अनिवार्य नेपाली को प्रश्नपत्र…


520 पटक हेरिएको 

