५ पुष, ललितपुर :- ललितपुरको लगनखेल स्थित ललितपुर माध्यमिक विधालयमा एक दिने जिवनपयोगी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ काठमाडौं, ग्रान्ड सेन्टिनियल र अभिभावक संघ, नेपालको सयुक्त आयोजनामा वुधवार एक दिने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय शिक्षा आयोगका सदस्य सुप्रभात भण्डारीले पछिल्लो समयमा नेपालको शिक्षा क्षेत्रमा धेरै सुधार गर्न आवश्यक भएको बताउनुभयो ।
उहाले आफु विगतमा अभिभावक संघको समेत संस्थापक अध्यक्ष भएकाले केही गर्ने सोच रहेको समेत जानकारी दिनुभयो।
त्यसैगरी, कार्यक्रममा अभिभावक संघ, नेपालका अध्यक्ष केशव पुरीले अहिले शिक्षा क्षेत्रमा नैतिक शिक्षाको खडेरी परेको भन्दै यस्ता कार्यक्रम मार्फत सन्देश फैलाउन जरुरी भएको धारणा राख्नुभयो ।

त्यस्तै, लायन्स कल्व अफ काठमाडौं ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठले कार्यक्रम आयोजना गर्ने अवसर पाएकोमा खुसि लागेको बताउनुभयो ।

उहाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनुभयो ।

कार्यक्रममा लायन्स कल्व अफ काठमाडौं ग्रान्ड सेन्टिनियलका उपाध्यक्ष विनोद सिटौला, निर्देशक मोदती केसी, टुइस्टर बिनिता रिमाल, सहकोषाध्यक्ष किशोर राणा, विधालयका व्यवस्थापन समितीका अध्यक्ष कुष्ण तुलाधर, प्रधानाध्यापक माधव सिटौला, शिक्षक, अभिभावक संघका केन्द्रिय सदस्य अर्पणा क्षेत्रि लगायत करिब २ सय विधार्थीहरु सहभागी थिए ।

2484 पटक हेरिएको 

