माघ २४ गते राष्ट्रियसभाकाे चुनाव गर्ने सरकारकाे निर्णय

काठमाडौँ , २१ पुस । सरकारले अागामी माघ २४ गते राष्ट्रियसभाको चुनाव गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते चुनाव गर्ने निर्णय गरेको  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने बारे पनि छलफल भएको छ ।  कति समय थप्ने भन्नेबारे भने आगामी सोमबार बस्ने मन्त्रिपिरषद बैठकले निर्णय गर्ने मन्त्री  कार्कीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार