बुटवल, २२ पुष । रुपन्देहीको देवदहमा गोली प्रहार गरि युवा संघका कार्यकर्ता बसन्त पौडेलको हत्या गरिएको बिरोधमा शनिवारदेखि अनिश्चितकालिन रुपन्देही बन्दको आव्हान गरिएको छ ।
बन्दका कारण उद्योगधन्दा, कलकारखाना, ब्यापार, सवारी साधन, शैक्षिक सँस्था सबै ठप्प छन् । स्थानिय उद्योगी ब्यबसायीका रुपमा परिचित पौडलको हत्यारालाई पत्ता लगाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्दै युवा संघले जिल्ला बन्दको आवहान गरेको हो ।
बन्दका क्रममा केही सवारी साधनमाथि तोडफोड गरिएको छ ।

777 पटक हेरिएको 

