काेरिया जाने नेपालीका लागि नयाँ नियम लागू

काठमाडौं, २२ पुस । दक्षिण कोरियामा जाने नेपाली कामदारले दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको छ ।

आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् । कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि कोरियन सरकारले यस्तो निर्णय गरेको हो ।

सीभीटी परीक्षा दिएर कोरिया गएकाले बीचमै भिसा क्यान्सिल गरेर आएमा फेरि भाषा परीक्षा दिन नपाउने तर विदामा आउनेको हकमा यो नियम लागु हुनेछैन ।

कोरियामा पहिलो पटक भाषा परीक्षा पास गरेर गएकाले ४ वर्ष १० महिना काम गर्न पाउँछन् । दाेस्रोपटक कम्प्युटरमा आधारित भाषा परीक्षा दिएर अर्को ४ वर्ष १० महिनाको लागि जान पाइन्छ ।

तर, दोस्रोपटक जानेहरु बीचमै विभिन्न कारण देखाउँदै काम छाडेर फर्किने र फेरि भाषा परीक्षा दिएर कोरिया फर्किने गरेको पाइएपछि रोक लगाइएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार