अंग्रेजी भाषा परीक्षाकाे पनि प्रश्नपत्र अाउट, १३ जना पक्राउ

काठमाडाै, २२ पुस । काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा (अाइएलटीएस)मा प्रश्नपत्र किनबेच गरेकाे अाराेपमा प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

महानगरीय प्रहरी परिसरले प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको बताएकाे छ । प्रहरीका अनुसार विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार