अाेली र प्रचण्डकाे भयाे भेट, पार्टी एकिकरणका लागि कार्यदल बनाउने निर्णय

काठमाडौं, २३ काठमाडाै । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरू पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठनिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् ।

 

एमाले अध्यक्ष केपी ओलीको निवास बालकाेटमा भएको माअाेवादी  प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो ।

 

दुइ नेताकाे भेटपछि माअाेवादी अध्यक्ष प्रचण्डले मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने बताए ।

अध्यक्ष प्रचण्डले अाेलीसँग एकताकै विषयमा छलफल भएको बताउँदै एकता संयोजन समितिको बैठकपछि बन्ने टीमले वैचारिक एवं सांगठनिक प्रश्नको समाधान गर्ने प्रचण्डले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार