धनगढी, २४ पुस । धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टारले झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
खेलकाे ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता दोब्बर बनाएकाे थियो ।
झापा–११ का लागि कर्ण लिम्बूले ४१ औँ मिनेटमा गोल गरेर खेलकाे ४३ औँ मिनेटमा थ्री स्टारका चेम्जोङले दोस्रो गोल गरेपछि थ्री स्टार विजयी भएकाे हाे ।

452 पटक हेरिएको 

