काठमाडाै, २४ पुस । लगातार अाेरालाे लाग्दै गरेकाे पूँजीबजार अाज दोहोरो अंकले बढेको छ । कुल १२ अंकले बजार बढ्दा एक हजार ४ सय ४३ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ समेत आज २.९७ बिन्दुले बढेको छ ।
कुल १५७ कम्पनीको आठ लाख ५५ हजार १३९ कित्ता शेयर रु ४६ करोड ४६ लाख ३९ हजार ८२० मा खरिद बिक्री भएको हो । आज होटल समूहबाहेक अरु सबै समूहको शेयर कारोबार बढेको छ ।
होटल समूह १७.३७ बिन्दुले घटेपनि बैंकिङ ९.०५, व्यापार १.२७, विकास बैंक ६.६२, जलविद्युत् ३.२३, फाइनान्स ३.७३, बीमा १२२.१६, उत्पादन २.८, अन्य १२.७६ र माइक्रोफाइनान्स २.८६ बिन्दुले बढेको छ ।