नेपालगञ्ज गएका पूर्वराजा भारतमा, उत्तर प्रदेशका मुख्यमन्त्री अादित्यनाथसँग भेटे

 1716 पटक हेरिएको

काठमाडाै, २४ पुस । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी र  पूर्वराजा ज्ञानेन्द्र शाहबीच सोमबार भेटघाट भएको छ । भेटको क्रममा मुख्यमन्त्री योगीले ज्ञानेन्द्र शाहलाई कुम्भको लोगो र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र गत सातादेखि सपरिवार मध्य तथा सुुदूरपश्चिमका जिल्लाहरुको भ्रमण निस्केका थिए । यसै क्रममा उनी सोमबार लखनऊ पुुगेर त्यहाँका मुख्यमन्त्रीसँग भेट गरेका हुन् ।

योगीले कुुम्भ लोगो ज्ञानेन्द्र शाहलाई प्रदान गर्नुको खास कारण रहेको छ । योगी सरकारले सन् २०१९ मा हुने कुम्भ मेलाको तयारीका क्रममा यो लोगो बनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार