काठमाडौ, २४ पुस । शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले तत्काल पक्राउ गर्न प्रहरीका नाममा आदेश जारी गरेको थियो ।
न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले आज अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन प्रा डा शशी शर्मालाई आइतबार पुनःवहाली गराउने सर्वोच्चको फैसलाविरुद्ध डा केसीले आजदेखि अनसन शुरु गरेका थिए ।
अनसन शुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर डा केसीले न्यायमा किनबेच भएको आरोप लगाउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको समेत माग गरेका थिए ।

410 पटक हेरिएको 

