ठगि गरेकाे अाराेपमा ब्लुस्टार ओभरसिजका दुइ जना सञ्चालक पक्राउ

काठमाडौँ, २४ पुस । महानगरीय अपराध महाशाखाले ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा  घिमिरे र उप्रेतीलाई पक्राउ गरेको हो ।

उक्त म्यानपावरले गिरीलगायत २६ जना व्यक्तिलाई कुवेत पठाउने भनी राहदानी र रु १० लाख ६५ हजार लिएको तर विदेश नपठाएको निवेदन महाशाखामा परेपछि महाशाखाले उक्त ओभरसिजमा छापा मारेको हो ।

महाशाखाको टोलीले उक्त मेनपावर कम्पनीबाट ३७१ थान राहदानी, भिषा इन्ट्रि रजिष्टर, स्वीकृति नलिएका माग पत्र बरामद गरेको छ । उक्त बरामद कागजातसहित थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार