काठमाडौँ, २५ पुस । शिक्षण अस्पतालका डा गोविन्द केसीलाई प्रक्राउ गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
अदालतको अवहेलना मुद्दामा डाक्टर केसी पक्राउ परेपछि उनकाे समर्थनमा विभिन्न राजनीतिक दलका नेता र सर्वसाधारण माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका हुन् ।
विराेध प्रदर्शनमा काँग्रेसका युवा नेता गगन थापादेखि पूर्वप्रधानमन्त्री डा. वावुराम भट्टराइ, विवेकशिल साझा पार्टीका संयाेजक रविन्द्र मिश्र समेत सहभागी भए ।
काँग्रेस नेता गगन थापाले डा केसीलाई जे आरोप लगाएर पक्राउ गरिएको छ , माइतीघरमा उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गर्न चुनौती दिए । उनले भने “ श्रीमान् यदि सत्यका लागि बोल्दा डा केसीलाई मानहानी मुद्दा लाग्छ भने हामीलाई पनि मानहानी मुद्दामा प्रक्राउ गरियोस्, सबैभन्दा बढी सम्मान अदालतप्रति हुनुपर्छ भन्ने मान्यतामा धावा बोलिएकाले विरोध गरिएको हो, जुन अदालतको विरोधमा होइन, सम्मानका लागि हो ।”

465 पटक हेरिएको 

