काठमाडौं, २५ पुस । त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अबहेलना मुद्दाको सुनुवाई न्यायाधीश ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा हुने भएको छ ।
डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध दिएको अभिव्यक्तिबारे इजलासमै बयान लिने सर्वोच्च प्रशासनको तयारी छ ।
१४ औ अनसन शुरु गर्ने क्रममा प्रधानन्यायाधीश पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै केसीविरुद्ध सोमवार अबहेलना मुद्दा दायर भएकाे थियाे ।
सोमवार अनसन स्थलबाटै पक्राउ परेका डा केसीलाई बयानका लागि बिहान ९ बजे अघि नै सर्वोच्च अदालत पुर्याइएको थियो ।

526 पटक हेरिएको 

