काठमाडाै, २५ पुस । अदालतको अपहेलना मुद्दामा पक्राउ परी सर्वोच्च अदालतमा उपस्थित गराइएका डा.गोविन्द केसीको बयान सुरू भएको छ।
न्यायाधीशद्वय ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशनमा केसीको बयान सुरू भएको हो।
अदालतको फैसलाको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै उनलाइ साेमबार पक्राउ गरिएकाे थियाे ।
बयानपछि सुरुमा डा.केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहस गर्ने छन्। त्यसपछि डा.केसी पक्षका अधिवक्ताहरुले बहस गर्ने छन्। बहस सकिएपछि थुनछेक आदेश हुने छ।
केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गर्ने उनले जानकारी दिए।

703 पटक हेरिएको 

