काठमाडौं, २५ पुस । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीले प्रधानन्यायाधिश गोपाल पराजुलीमाथि नै छानविन गर्न माग गरेका छन्र ।
अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा लिखित बयान दिएका उनले प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत उल्लेख गरेका छन्।
डा केसीले एनसेल, चुरामणि शर्मा र गोपाल खड्का मुद्दामा पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उनीबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्।

460 पटक हेरिएको 

