डा. केसी आज थुनामै रहने, केसीको मुदाको बहश बुधबारका लागि सारियो

काठमाडौ, २५ पुस । अदालतको अवहेलना मुद्दामा पक्राउ परेर सर्वोच्च अदालत उपस्थित गराइएका डा. गोविन्द केसीको मुद्दा बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशाष्त्र अध्ययन संस्थानका चिकित्सक केसीको बयान लिए पनि बहस भने बुधबारका लागि सारिएको हो ।

केसीको मुद्धा हेर्दाहेर्दैमा राखिएपछि उहालाई आज थुनामै राखिने भएको छ । प्रधानन्यायाधिश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. केसी सोमबारदेखि अनसन शुरु गर्नुभएको थियो । अदालतको अवहेलना गरेको भन्दै डा. केसीलाई सोमबारै पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

अदालतको आदेशबमोजिम केसीलाई सोमबारै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको होे । मंगलबार बिहान केसीलाई सर्वोच्च अदालतमा उपस्थित गरी मुद्धा प्रक्रिया अघि बढेको हो । यसैबीच केसीलाई तत्काल रिहाइ गर्न माग गर्दै मंगलबार विरोध प्रदर्शन समेत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार