संयुक्त उम्मेदवार छान्न समिति बनाउने एमाले–माअाेवादीकाे निर्णय

काठमाडाै, २५ पुस । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न बनेको संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका लागि छ सदस्यीय कार्यदल बनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको बैठकले बनाएकाे कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहने निर्णय गरेकाे छ ।

बैठकमा पार्टीको वैचारिक, राजनीतिक र संगठनबारे गृहकार्य गर्नसमेत कार्यदल बनाउने सहमति भएको छ । पार्टी एकता सम्बन्धमा भने अर्को बैठकबाट कार्यदल निर्माण गर्ने सहमति भएको छ ।

बैठकले पार्टी एकताका लागि सांगठानिक र सैद्धान्तिक विषयको टुंगो लगाउन कार्यदल बनाउने भनिए पनि त्यसको तय गर्न भने सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार