काठमाडौँ, २६ पुस । अदालतको अवहेलनासम्बन्धी मुद्दामा पक्राउ गरी मंगलबार वयान दिएका डा गोविन्द केसीकाे मुद्दामा आज सुनुवाई हुने भएको छ ।
सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बिहान १० बजेका लागि तोकिएको छ ।
मंगलबार अदालतमा केसीको बयान लिने काम सकिएपनि समय अभावका कारण आजका लागि सारिएकाे थियाे । अदालतको अवहेलना ठहरिएमा एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने कानूनी व्यवस्था छ ।
डा केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा डा शशी शर्मालाई पुनःबहाली गराउने सर्वोच्च अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका थिए ।

453 पटक हेरिएको 

