काठमाडौ, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले माओवादी एकता भाड्ने अनेक षड्यन्त्र भएको भन्दै त्यस्तो षड्यन्त्र सफल नहुने बताउनुभएको छ ।
नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको बैकक जाने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसग कुरा गर्दै पार्टी एकताबाट केही शक्तिहरु आत्तिएको भन्दै बैककबाट फर्किएपछि एकताले गति लिने दाबी गर्नुभयो ।

उहाले काग्रेसले सरकार हस्तान्तरणमा बखेडा झिकिरहेको र केही शक्ति पार्टी एकता भाड्न लागेको भन्दै त्यो सफल नहुने बताउनुभयो । अध्यक्ष ओलीले अब पार्टी एकता कुनै पनि हालतमा नरोकिने र नेताहरुको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर गर्नुभयो ।
उहाले स्वास्थ्यमा कुनै समस्या नभएको तर चिकित्सकको सल्लाहअनुसार नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जान लागेको बताउनुभयो । अध्यक्ष ओली एकसाता लामो बैकक बसाईपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

536 पटक हेरिएको 

