काठमाडौं, २६ पुस । अदालतको अवहेलना अभियोगमा पक्राउ परेका डा गोविन्द केसीको पक्षमा बहस गर्ने वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन गर्नुपर्ने र बयानका लागि इजलासमै झिकाउन माग गरेका छन् ।

केसीको तर्फबाट बहश गर्ने वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी, श्रीहरि अर्याल र दिनेश त्रिपाठीले अदालतको इजलास समक्ष प्रधानन्यायाधिश पराजुलीलाई झिकाउन माग गरेका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानन्यायाधिश पराजुलीले कीर्ते गरेर नागरिकता निकालेको र नागरिकता ऐन अनुसार कीर्ते भएको भन्दै पराजुली माफिया, भ्रष्ट र अपराधी भएकोमा कुनै शंका नरहेको दाबी गरे ।

529 पटक हेरिएको 

