काठमाडौ, २६ पुस । सर्वोच्च अदालतले अदालतको मानहानी गरेको अभियोग लागेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार पक्राउ परेका केसीलाई साधारण तारेखमा छाड्न र उनले उठाएको प्रधानन्यायाधिश गोपाल पराजुलीको किर्ते नागरिकता र शैक्षिक प्रमाणपत्र समेत छानविन गर्न आदेश दिएको हो ।

अदालतको आदेशमा प्रधानन्यायाधिश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा न्यायपरिषद्ले गरेको निर्णय समेत झिकाउन आदेश दिएको छ ।


917 पटक हेरिएको 

