गिरीको निधनप्रति उपराष्ट्रपतिद्वारा शोक प्रकट


उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शोक सन्देश जारी गर्नुहुँदै गिरीको निधनबाट देशले एक जना समाजवादी विचारक र बौद्धिक नेता गुमाएको बताउनुभएको छ । उपराष्ट्रपतिले गिरी भौतिकरूपमा बिदा हुनु भए तापनि उहाँको विचार र देशका लागि पु¥याउनुभएको योगदानले सधैँ–सधैँका लागि बाँचिरहने बताउनुभएको छ ।

उपराष्ट्रपति पुनले दिवङ्गत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार