युएई जाने नेपालीका लागि नयाँ नियम लागु

एजेन्सी, २७ पुस । संयुक्त अरब इमिरेट्सले नेपालीसहित विदेशी नागरिक काममा भर्ती गर्दा प्रहरी रिपोर्ट अनिवार्य गर्न लागेको छ ।

सुरक्षा व्यवस्थालाई राम्रो बनाउन, कामदारलाई स्वतन्त्र र अपराधमुक्त बनाउन यस्तो नियम ल्याउन लागिएको फेडरल नेशनल काउन्सिल युएईलाई उदृत गर्दै गल्फ न्युजले समाचार लेखेको छ ।

युएईमा काम गर्न जान चाहने विदेशी नागरिकले भिसा पाउनका लागि आफ्नो देशको सम्बन्धित निकायले जारी गरेको चारित्रिक प्रमाणपत्र उपलब्ध गराउन पर्नेछ ।

युएईमा काम गर्न आउने विदेशी नागरिकको विगत कस्तो थियो, उनीहरुले केही अपराधिक क्रियाकलाप गरेका छन् वा छैनन् र कुनै पनि विदेशी नागरिकलाई काममा राख्दाको खतरा र सुरक्षा पता लगाउनका लागि हो गल्फ न्युजले लेखेको छ ।
समाचारका अनुसार घरेलु कामदारका लागि पनि यो नियम लागु हुनेछ । तर विदेशी नागरिक भएपनि युएईमै जन्मे हुर्केको भए रोजगारीका लागि चारित्रिक प्रमाणपत्र आवश्यक पर्दैन । तर जागिरखानु अगाडि युएई छाडेको भए यो कागज अनिवार्य गरिएको छ ।

साथै, अरु कुनै देशमा ५ वर्षसम्म बसेको भए सम्बन्धित देशको पनि प्रहरी रिपोर्ट अनिवार्य गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार