नेपाली श्रमिक परिवार रियादकाे तेस्रो साधारण सभा सम्पन्न, एकराज सापकाेटा अध्यक्ष रहेकाे १७ सदस्यीय कमिटि गठन

रियाद, २७ पुस । नेपाली श्रमिक परिवार रियाद, साउदी अरब को तेस्रो साधारण सभा गत अाइतबार सप्पन्न भएको छ ।

साउदी अरबका लागि नेपाली राजदुत प्रो. डा.  महेन्द्र प्रसाद सिं राजपुतले उद्घाटन गर्नुभएकाे साधारणसभालाई अल सधान कम्पनी का मेनेजर दिवानचन्द्र ठाकुर , पारिबारिक समाजका महासचिव अरुण बेलबासे ,नेपाली जनसम्पर्क समितिका सभापति दिपक रेग्मी ले सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा अन्तर साखा भलिबल प्रतियोगिता र नृत्य तथा गायन प्रतियोगिता आयोजना समेत गरिएको थियो । भलिबल तर्फ अभिनिउ शाखा प्रथम ,दोस्रो सुलेमानिया शाखा ,तेस्रो मुरुज शाखा भएका थिए भने नृत्य तर्फ ॐ सेन्चुरी विजेता बने ।

बिजेता टिम तथा खेलाडीलाई नगद पुरस्कार तथा कप प्रदान गरिएको प्रथम हुने टिमका टिम क्याप्टेन अर्जुन राउतले जानकारी दिनुभयाे ।

कार्यक्रममा विशेष अतिथि अल सधान कम्पनीका पुर्ब डाइरेक्टर डा. रैदा हाम्दानी नेपाली राजदूतावास का लेवर काउन्सलर अम्बिका प्रसाद अधिकारी ,पारिवारिक समाजका अध्यक्ष अमृत पौडेल , वरिष्ठ गायक दिपक सेन्चुरी, नेपाल श्रमिक परिवार का पुर्ब अध्यक्ष कृष्ण घिमिरे विशेष उपस्थिति थियो ।

साधारणसभाले एकराज सापकोटा अध्यक्ष रहेकाे १७ सदस्यीय कमिटि गठन गरेकाे छ । कमिटिकाे वरिष्ठ उपाध्यक्षमा रुपक वाइबा, उपाध्यक्ष बेदनिधी सुवेदी, महासचिवमा जीत बाहादुर खत्री, सचिवमा हेम बाहादुर थापा, सहसचिवमा देबराज कर्डेंल र काेषाध्यक्षमा दिपक शर्मालाई चयन गरिएको संस्थाका बरिष्ठ सदस्य सुबेन राईले जानकारी दिनुभएको छ ।

कमिटिकाे आर्थिक समितिको संयोजकमा हेमलाल गौतम र गंगा बाहादुर गोदार लाई सल्लाहकार समितिको को सभापति मा चयन गरिएको छ । कार्यक्रममा संस्थाको तर्फबाट कोषाध्यक्ष रुपक वाइवाले स्वागत मन्तव्य राख्नुभएको थियाे ।संस्थाका अध्यक्ष गंगाबहादुर गोदारकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे संचालन बरिष्ठ उपाध्यक्ष एकराज सापकोटाले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार