
विजय र अनन्याको ‘लाइगर’लाई खराब समीक्षा दिइएको छ
नेपाली वितरकले महंगो रकम तिरेर ल्याएको हिन्दी फिल्म ‘लाइगर’लाई समीक्षकले कमजोर रेटिङ दिएका छन् । आजबाट विश्व बजारमा रिलिज भएको यो फिल्म बक्सर बन्न एक यूवाले गरेको संघर्ष र सपनाको कथा हो । तर, समीक्षकले भने यो फिल्मको कथावस्तु, प्रस्तुति र पटकथा कमजोर रहेको प्रतिक्रिया दिएका छन् । साउथ स्टार विजय देवरकोन्डा र नायिका अनन्या पाण्डेको मुख्य भूमिका रहेको फिल्मको समीक्षा गर्दै दिक्ष्या शर्मा ले जीरो रेटिङ दिएकिछिन् तेस्तै इन्डिया टूडेले भने यसलाई २ रेटिङ दिएको छ ।
इन्डिया टूडेका लागि जननीले लेखेकी छिन् :
बालामनी(राम्या कृष्नान) र उनका छोरा लाइगर(विजय देवरकोन्डा) करिमनगरबाट मुम्बई विश्व बजारमा एमएमए बन्नका लागि पुग्छन् । सोही समयमा मुम्बईमा उनको भेट कोच रोनित रोएसँग हुन्छ । लाइगरको सपना एमएमए फाइटर बन्ने हुन्छ ।
बालामनीले भने लाइगरलाई कसैको पनि प्रेममा नपर्न सुझाव दिन्छन् । तर, सोही समयमा उनको भेट सामाजिक संजाल सेलिब्रिटी तान्या(अनन्या पाण्ड)सँग हुन्छ । दुबैजना एक अर्कासँग प्रभावित हुन्छन् र उनीहरुको प्रेम हुन्छ । लाइगरले आफ्नी आमा बालामनीको कुरा सुन्दैन ।
निर्देशक पुरी जगन्नाथले थुप्रै हिट फिल्म दिएका छन् । तर, यसपटक उनी फर्म भन्दा बाहिर देखिएका छन् । लाइगर बनाउनका लागि ३ बर्ष खर्च गरेका उनले कथामा भने खासै मिहिनेत गरेको देखिदैन । यो फिल्म हेर्दै गर्दा आम दर्शकले अब के हुन्छ भन्ने सहजै पत्ता लगाउन सक्छन् । लाइगर र बालामनीले किन एमएमएको दुनियाँमा राज गर्न चाहेका हुन् भन्ने पृष्ठभूमी समेत देखाउन निर्देशकले मिहिनेत गरेका छैनन् ।
लाइगर र तान्याविचको रोमान्सले फिल्मको पटकथालाई बारम्बार अल्झाएको छ । फिल्मको अन्तिम १० मिनेटमा केही नयाँ होला भन्ने लागेतापनि निर्देशकले जिरो मिहिनेत गर्दा त्यो पनि खेरा गएको छ । फिल्मको कथालाई अमेरिकासम्म पुर्याइएको छ । अमेरिकामा बक्सर माइक ट्याक्सनलाई देखाउनुको अर्थ फिल्ममा कुनै तर्कपूर्ण लाग्दैन ।
केही दृश्यहरुले फिल्ममा हेर्दा रोचक लागेपनि दर्शकलाई कुनै सरप्राइज भने लाग्दैन । नायक विजयको शारीरिक परिवर्तन गज्जबको छ । तर, कहिकतै उनी पनि फर्म भन्दा बाहिर देखिएका छन् । उनी अझै पनि ‘अर्जुन रेड्डी’को फर्मबाट बाहिर निस्कन नसकेको फिल्म हेर्दा आभाष हुन्छ । राम्या कृष्ण केही चर्को सुनिन्छिन् तर उनको रमाइला संवादले दशर्कलाई कही कतै होल्ड गर्छ । माइक टाइसनले यो फिल्म खेल्न किन राजी भए भन्ने प्रश्न दर्शकको मनमा उब्जिन सक्छ । किनकी, उनको उपस्थिती फिल्ममा कुनै तर्कसंगत देखिदैन ।
३ बर्ष लगाएर लेखिएको कथामा निर्देशक जगन्नाथ, निर्माता करण जोहरले किन यति हलुका काम गरे भन्ने सोच फिल्म हेरेर बाहिर निस्कदा दर्शकको मन उब्जन सक्छ ।

318 पटक हेरिएको 

