काठमाडौं, २८ पुस । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरले अाज सामुहिक राजीनामा दिने भएका छन् ।

असाेज ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले माअाेवादीका तर्फबाट सरकारमा सहभागी ९ मन्त्री र ७ जना राज्यमन्त्रीहरूकाे जिम्मेवारी खाेसेपनि उनीहरू करिब ३ महिनासम्म विनाविभागीय मन्त्री भएर सरकारमै रहेका छन् ।
सरकारले शुक्रबार प्रदेशसभा र अस्थायी राजधानी तोक्ने तयारी गरेपछि माओवादीले मन्त्रीहरु फिर्ता गर्ने तयारी गरेको हो। नयाँ सरकार गठनपछि वर्तमान सरकारको निर्णय मान्न नैतिक दबाव पर्ने निष्कर्षसहित माओवादीले आफ्ना मन्त्रीहरुलाई सामूहिक राजीनामा गराउन लागेको बुझिएको छ।

800 पटक हेरिएको 

