काठमाडाै, २८ पुस । सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०३६ साल कात्तिक २७ गते धनकुटामा तत्कालीन राजदलबाट ज्यान लिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

कम्युनिष्टको गढ मानिने धनकुटाको छिन्ताङमा २०३६ साल कात्तिक २७ गते प्रहरीले घेरा हालेर १६ जनाको निर्ममतापूर्वक हत्या गरेको थियो।

474 पटक हेरिएको 

