काठमाडौँ, २८ पुस । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नायब सुब्बा नगेन्द्रप्रसाद गौतमलाई २ लाख ३४ हजार घुससहित पक्राउ गरेको छ ।
श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको पैसा लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

930 पटक हेरिएको 

