२९ पुष, काठमाडौं :- समाज कल्याण गतिविधी नेपालले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँ-पालिकाका गरीब तथा टुहुरा वालवालिकालाई निशुल्क शैक्षिक सामाग्री वितरण गरेको छ । समाजका अध्यक्ष गणेश महताराको नेतृत्वमा शुक्रवार गएका टोलीले मंगलामाई माध्यमिक विधालयमा आयोजित एक कार्यक्रममा शैक्षिक सामाग्री वितरण गरेको हो ।

गतिविधि नेपालका अध्यक्ष महताराले संस्थाले विगत देखि गदै आएको सामाजिक कामको निरन्तरता स्वरुप गरीब वालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । उहाले पाँच वटा विधालयका ४७ जना वालवालिकालाई एक दर्जन कपी, डट्पिन, पेन्सिल, वोतल (पानी खाने), विधालयका लागि खेलकुदका सामाग्री लगायतका सामाग्री वितरण गरिएको बताउनुभयो ।

कार्यक्रमममा विधालयका व्यवस्थापन समितीका अध्यक्ष भक्तध्वज वोहारा, त्रिपुरासुन्दरी गाउपालिकका उपाध्यक्ष दुर्गा देवी नेपाल, विधालयका प्रधानाध्यापक धनश्याम पौडेल, वडा प्रतिनिधी रीता खाती लगायतको उपस्थित रहेको थियो । उनीहरुले आफ्नो ठाउँमा आएर शैक्षिक सामाग्री सहयोग गरेकोमा समाज कल्याण गतिविधी नेपाल र जापान शाखाका अध्यक्ष लिला बहादुर श्रेष्ठलाई विशेष धन्यवाद समेत दिए । उनीहरुले आगामी दिनमा यस्तै सहयोगको अपेक्षा समेत राखेका थिए ।

समाज कल्याण गतिविधी नेपालका कोषाध्यक्ष सकल रोकायले संचालन गर्नूभएको कार्यक्रममा विधार्थीहरुलाई एक घण्टाको जिवनपयोगी शिक्षाको वारेमा समेत प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण कार्यक्रमबाट धेरै बिध्यार्थीहरु लाभान्वित हुने अपेक्षा राखिएको गतिविधि नेपालका सचिव अमिता प्रधान श्रेष्ठको भनाई थियो
अन्य फोटोहरु :-






2955 पटक हेरिएको 

