काठमाडौं, भदौ १९
20
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जसपाका नेता मोहम्मद इस्तिहाक राई बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्।
मन्त्री राई प्रत्यक्षतर्फ चुनाव लड्न सर्वसम्मत रूपमा सिफारिस भएका हुन्।
राईलाई सर्वसम्मत रुपमा संघीय संसदका लागि उम्मेदवार सिफारिस गरिएको जसपा बाँकेका अध्यक्ष कमुरुद्धिन राईले सेतापाटीलाई बताए।
मन्त्री राई २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।
उनले तत्कालीन नेकपा एमाले- नेकपा माओवादी केन्द्रको वामगठबन्धन र कांग्रेस-राप्रपाको लोकतान्त्रिक गठबन्धनलाई हराएका थिए।
राई २०६४ को निर्वाचनमा पनि बाँकेबाट निर्वाचित भएका थिए।

436 पटक हेरिएको 

