टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा


कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी हुनुभएको छ । सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्ष (उद्योगतर्फ) मा सन्तोष खड्का, उपाध्यक्ष (वाणिज्यतर्फ) मा कृष्ण उपाध्याय बजगाईँ, महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी हुनुभएको छ । निर्वाचनमा एक हजार ३८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार