
सत्तारूढ कन्जरभेटिभ पार्टीको आन्तरिक नेतृत्व प्रतिस्पर्धामा विजयी भएपछि लिज ट्रसलाई सोमबार बेलायतको अर्को प्रधानमन्त्रीको रूपमा घोषणा गरिएको छ।
गत जुलाईमा बोरिस जोनसनले राजीनामा दिएपछि लामो आन्तरिक प्रतिस्पर्धापछि विदेश मन्त्रीले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई आन्तरिक प्रतिस्पर्धामा पराजित गरेकी हुन् । उनले ८१,३२६ मत प्राप्त गरेकी छिन भने सुनकले ६०,३९९ मत प्राप्त गरेका छन्।

409 पटक हेरिएको 

