
नेकपा एमालेका नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।
एमालेले पोलिटव्यूरो सदस्य बस्नेतको नाम सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो।
आगामी मंसिर ४ को चुनावका लागि बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताए।
बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा उम्मेदवारका लागि आवेदन दिएका थिए।
सोमबार बसेको जिल्ला कमिटी बैठकले सर्वसम्मत रूपमा बस्नेतको नाम सिफारिस गरेको छ।
२०७४ को निर्वाचनमा यो क्षेत्रबाट बस्नेत बिजयी भएका थिए।

454 पटक हेरिएको 

