पोखरा, २९ पुस । आगामी फागुन ७ गते १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ ।
प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ जनाए ।

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजनामा हुन लागेको प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दौड समेत आयोजना हुने अायाेजकले जनाएकाे छ ।
प्रतियोगितामा प्रथम रु १५ हजार, द्वितीय रु १० हजार र तृतीय रु पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा प्रथम रु १० हजार, द्वितीय रु सात हजार र तृतीय हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् ।

504 पटक हेरिएको 

