कक्षा ११ काे नतिजा सार्वजनिक

भक्तपुर, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएकाे कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । वाेर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी थिए ।  बतासका अनुसार ७४ जनाको परीक्षा रद्द र एकजनाको स्थगित गरिएको छ ।


उनका अनुसार कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ ।

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्नेछ । बतासका अनुसार एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार