इलाम पुगेर भारतीय राजदुत पुरीले भने–अध्यागमन कार्यालय खाेल्न पहल गर्छु

इलाम, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् ।

शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर पुगेका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताएका हुन् ।

स्थानीय जनप्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने बचन दिए ।

झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम पुगेका पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण समेत गरेका थिए । जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार